काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय तेक्वान्दो विभागको आयोजनामा प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु भएको छ ।
प्रतियोगितामा पुरुष÷महिलामा ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् ।
टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
दुईदिने प्रतियोगितामा २ सय ३० खेलाडी सहभागी छन् ।