मंगलबार, ३० असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

ट्रयाक एण्ड फिल्डमा चम्किदै जयरानी

सोमबार, १३ असार २०७९खेलपाटी संवाददाता
ट्रयाक एण्ड फिल्डमा चम्किदै जयरानी
Loading ad...
mustang rice ad

काठमाडौं । दुई पटक राष्ट्रिय खेलकुद र राखेप च्याम्पियनसिप खेलिन् । तर, उनी गुमनाम रहिन् ।

तीन वर्ष अघि त्रिभुवन आर्मी क्लबमा आबद्द भईन् । अहिले उनलाई कीर्तिमानधारी खेलाडीको रुपमा चिनायो ।

उनी हुन्, एथलेटिक्सकी जयरानी थारु ।

नेपाल एथलेटिक्स संघले आयोजना गरेको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा जयरानीले दुई राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाईन्  ।

दुई कीर्तिमानसहित कुल ४ स्वर्ण र एक रजत जितेकी उनी महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भईन् ।

२१ वर्षकै उमेरमा ट्रयाक एण्ड फिल्डमा आफुलाई कीर्तिमानी पाउँदा को खुशी हुँदैन होला र ?

'प्रतियोगिता हुँदा र आफ्नो प्रदर्शनबाट धेरै खुशी लागेको छ । धेरै समयबाट ट्रेनिङ मात्र गरेको थिए,' जयरानी पनि खुशी देखिईन् ।  

May be an image of 2 people and people standing

बर्दिया घर भएकी जयरानी विद्यालयस्तरीय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड हुँदै ट्रयाक एण्ड फिल्डमा होमिएकी हुन् । तर, जयरानीको प्रदर्शन सहभागिता भन्दा माथि उठ्न सकेन ।

प्रतिभा र क्षमता देखेपछि आर्मी क्लबले २०७५ सालमा जयरानीलाई खेलाडी कोटामा भर्ना गर्यो । बल्ल जयरानीको प्रदर्शनले गति लिन थाल्यो । ४४ औं राष्ट्रिय एथलेटिक्समा जयरानीले आफुलाई प्रमाणित नै गरिन् ।

'स्कुल लेभलबाटै गेमहरु खेल्ने गर्थे । तर, ट्रेनिङ गराउने प्रशिक्षक र उपकरणहरु थिएन । त्यसैले गेम खासै राम्रो थिएन,' सर्वोत्कृष्ट खेलाडी घोषित भएपछि जयरानीले भनिन्, 'आर्मीले मलाई खेलाडी कोटाबाट भर्ति गराएपछि त्यहाँको ट्रेनिङले अहिले रेकर्ड ब्रेक गर्ने मौका पाए ।'

जयरानीले १ सय मिटर र ४ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाईन । यस्तै महिला लङजम्प र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जित्दा ४ गुणा ४०० मिटर महिला रिलेमा रजत पदक जितिन् ।

जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी हुन् । यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो ।

४ सय मिटर हर्डल्समा जयरानीले १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाईन् ।

जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।

राष्ट्रिय एथलेटिक्स : जयरानीको राष्ट्रिय कीर्तिमान

प्रतियोगिताको लागि राम्रो तयारी नगरेपनि स्वर्णको आशा जयरानीले गरेकी थिइन् । उनलाई कीर्तिमान बनाउछु भन्ने लागेको थिएन ।

'ट्रेनिङ खासै राम्रो थिएन अहिले हाम्रो । रेकर्ड बनाउछु भन्ने आश थिएन । स्वर्ण जित्छु भने आश थियो,' जयरानीले भनिन् ।

जयरानीले राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक स्वर्ण पदक जितेकी हुन् ।  

जयरानीले पूर्वान्चलमा (प्रदेश-१) भएको सातौं राष्ट्रिय खेलकुद र प्रदेश ५ (लुम्बिनी प्रदेश) मा भएको आठौं राष्ट्रिय खेलकुदमा आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी थिइन् । यस्तै २०७४ को राखेप च्याम्पियनसिप खेलेकी थिइन् ।

May be an image of 6 people and people standing

२०७२ सालबाट एथलेटिक्स खेल्न थालेकी जयरानीलाई पछिल्लो समय केशरी चौधरीसँग तुलना गर्न थालिएको छ । तत्कालिन समय नेपाल पुलिसबाट खेल्ने केशरी दुबई पलायन भईसकेकी छिन् ।

तर, सातौं राष्ट्रिय खेलकुदमा केशरीसँग प्रतिस्पर्धा गरेकी जयरानी ट्रयाक एण्ड फिल्डमा केशरीको विरासतलाई तोड्ने योजनामा छिन् ।

'अहिलेको भन्दा राम्रो गर्ने लक्ष्य रहेको छ । तर, खेल नभएपछि ट्रेनिङ गरेको महत्व हुँदैन । यो इभेन्ट्समा प्राय गेम नै हुदैन । वर्ष वर्षमा भए खेलाडीको स्तर कस्तो छ भने थाहा हुन्छ,' जयरानी भन्छिन् ।

Loading ad...
LiNing Ad
ट्रयाक एण्ड फिल्डमा चम्किदै जयरानी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुशलको शतक, जर्सीमाथि शानदार जित

कुशलको शतक, जर्सीमाथि शानदार जित

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

इतिहासकै सबैभन्दा महँगो सेमिफाइनल भिडन्त

इतिहासकै सबैभन्दा महँगो सेमिफाइनल भिडन्त

केन भन्छन् - इंग्ल्यान्ड अझै अर्को स्तरमा पुग्न सक्छ

केन भन्छन् - इंग्ल्यान्ड अझै अर्को स्तरमा पुग्न सक्छ

सन् २०३० को विश्वकपमा ६४ टोली?

सन् २०३० को विश्वकपमा ६४ टोली?

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की