काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् ।
जुन २९ देखि जुलाई ६ तारिखसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । अशोक पारा तेक्वानदोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
अशोक क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि पनि निर्णायकमा मनोनित भएका छन् । विश्व तेक्वान्दो (डब्लुटी) ले मनोनित गरेको अशोकले जनाएका छन् ।
क्याडेटको प्रतियोगिता जुलाई २८ देखि ३१ तथा जुनियरको अगष्ट २ देखि ७ तारिखसम्म बुल्गेरियाको सोफियामा हुँदै छ । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाट निर्णायकमा मनोनित हुने अशोक एक्लो हुन् ।