काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सालिक पुनः अनावरण गरिएको छ ।
सातदोबाटोस्थित एन्फा कप्लेक्समा आइतबार श्रेष्ठको सातौं पुण्यतिथिको अवसरमा अर्धकदको सालिक पुनः अनावरण गरिएको हो ।
यस अघि राखिएको स्थानबाट अर्को स्थानमा सालिक स्थानान्तरण गरिएपछि पुन: अनावरण गरिएको हो ।
स्वर्गीय श्रेष्ठकी पत्नी निलु श्रेष्ठले सालिक पुनः अनावरण गरेकी हुन् ।
सालिक अनावरणपछि एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्बाङ लगायत एन्फाका पदाधिकारी तथा फुटबलसँग सम्बन्धित व्यक्तिहरुले फूलमाला माल्यार्पण गरि श्रदान्जली अर्पण गरेका थिए ।
थ्री स्टार क्लबका तत्कालिन अध्यक्ष समेत रहेका श्रेष्ठको करेन्ट लागेर २०७२ सालमा निधन भएको थियो ।
एन्फाले श्रेष्ठको सम्झनामा एन्फाले ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिप गर्दै आईरहेको छ ।