काठमाडौं । नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशले ४२ औं ब्ल्याकवेल्ट ग्रेडिङमा उत्तीर्ण हुन सफललाई शनिबार प्रमाण पत्र प्रदान गरेको छ ।
प्रदेशले दोश्रोबाट तेश्रो डानमा पदोन्नती भएका ५२ जनालाई नख्खुमा आयोजित दीक्षान्त समारोहमा प्रमाण पत्र प्रदान गरेको हो । सहभागी ५२ मध्ये सबै तेश्रो डानमा पदोन्नती भएका हुन् । ग्रेडिङमा बाग्मती प्रदेशका १३ जिल्लाबाटै सहभागी थिए ।
सहभागीलाई उज्ज्वल श्रेष्ठको सहयोगमा पाँचौं डान रामचन्द्र ब्यञ्जनकारले प्रशिक्षण दिएका थिए भने छैटौं डान राजेश प्रजापतिले परीक्षा लिएका थिए ।
नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ, नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले प्रमाण पत्र प्रदान गरे । सोही अवसरमा तेक्वान्दोको विकास र विस्तारमा सहयोग पु¥याएका नवनिर्वाचित मेयर र वडा अध्यक्षलाई सम्मान गरिएको थियो ।