खुला तेक्वान्दो भोलिदेखि

काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न २२ जिल्लाका ४ सय ५० बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा हुने छ । ग्योरोगीको पुरुषमा १३ तथा महिलामा ११ गरी जम्मा २४ स्पर्धा छन् । पुम्सेमा विभिन्न उमेरसमूहमा पुरुष÷महिलामा ३–३ गरी ६ एकल स्पर्धा समावेश छन् ।
काठमाडौं महानगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ग्योरोगी र पुम्सेमा उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार दिइने छ । दुईदिने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित आयोजक डोजाङको आफ्नै हलमा खेलाइने छ ।








-1753017726.jpeg&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


