काठमाडौं । सेल्टर नेपालको आयोजनामा केन्द्रिय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबल सम्बन्धित कार्यक्रम बिहीबारबाट सुरु भएको छ ।
सेल्टर नेपालले विज्ञप्ति निकाल्दै 'प्रिजन फुटबल, रिहाबीलिटेसन थ्रु फुटबल' नामक कार्यक्रम सुरु भएको जनाएको छ ।
कार्यक्रम अन्तर्गत ४८ कैदीबन्दीलाई फुटबल खेलाडीको प्रशिक्षण तथा समान ३२ जनालाई प्रशिक्षक र रेफ्री प्रशिक्षण दिईनेछ । प्रशिक्षकमा संजीत सिंह, मनोज रंजित, रोजेन श्रेष्ठ, राजकुमार केसी रहेका छन् ।
सेल्टरले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा कार्यक्रम गरेको हो ।
जेलभित्र रहेका कैदीबन्दीको मानसिक स्वास्थ्यमा सहयोग साथै उनीहरुमा आत्मविश्वास जगाउने उदेश्यले कार्यक्रम गर्न लागेको सेल्टर आश्रय नेपालका अध्यक्ष खुश्बु ओलीले जानकारी गराईन् ।