गुणराजलाई सदस्य सचिव घिसिङको बधाइ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले प्रोफेसनल फेयर टेक्स फाइटमा सफलता हात पारेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई सोमबार भेट गरी बधाइ दिएका छन् ।
त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी सदस्य–सचिव घिसिङले गुणराजलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले गुणराजलाई सफलताका लागि बधाइ दिदै आगामी दिन अझ बढी उपलब्धी प्राप्त होस् भनी शुभकामना दिए ।
सोही अवसरमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले पनि गुणराजलाई सफलतका लागि बधाइ दिए ।
थाइल्यान्डको बैंककमा मे २१ तारिखमा भएको प्रतिस्पर्धामा गुणराजले म्यान्मारका मोन्कोन यतितलाई पराजित गरेका थिए । गुणराज एकमहिने प्रशिक्षणका लागि थाइल्यान्ड गएका थिए । त्यही दौरान गुणराजले फाइटमा प्रतिस्पर्धा गरेका हुन् । गुणराज २ दिनअघि मात्र स्वदेश फर्किका हुन् ।






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)
