काठमाडौं । उपाधि विश्व नम्बर एक इगा स्वेटेकले फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।
पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै पोल्याण्डकी इगाले उपाधि जितेकी हुन्।
इगाले १८ औं वरियताकी कोकोलाई ६-१ र ६-३ ले पराजित गरिन् ।
इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन् ।
२१ वर्षिया इगाको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो ।
पुरुषतर्फको उपाधिका लागि राफायल नाडाल र क्यास्पर रुड भिड्ने छन् ।
