शुक्रबार, २९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सदस्य–सचिव घिसिङ र ओलम्पियन सब्रिनाबीच भेट

शुक्रबार, २० जेठ २०७९खेलपाटी संवाददाता
सदस्य–सचिव घिसिङ र ओलम्पियन सब्रिनाबीच भेट
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंक लाल घिसिङ र चार पटक ओलम्पिकमा सहभागिता जनाइ सकेकी जुडो खेलाडी डा सब्रिना फिल्जमोसरबीच भेटघाट भएको छ । 

सदस्य–सचिव घिसिङले शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् ।

सब्रिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आएकी हुन् । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।

सदस्य–सचिव घिसिङले सब्रिना र उनको भ्रमण दलमा रहेका अन्तर्राष्ट्रिय जुडो महासंघ आईजेएफका मिडिया डाइरेक्टर निकोलसलाई मायाको चिनो प्रदान गरे । सब्रिना पनि आईजेएफको कमिटीमा आबद्ध छिन् ।

सो अवसरमा सदस्य–सचिव घिसिङले सगरमाथा सफलतापूर्वक आरोहण गरेकोमा सब्रिनालाई बधाइ दिदै सब्रिनाले खेलाडीले खेल्नुका साथै अन्य चुनौतीपूर्ण कार्य पनि गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएको धारणा व्यक्त गरे । सब्रिनाले आफ्नो यात्राका बारेमा सदस्य–सचिव घिसिङलाई जानकारी गराइन् ।

सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गरेकी थिइन् । त्यहाँदेखी बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गरेकी थिइन् ।

यात्रामा १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता साइक्लिस्ट लक्ष्मी मगर र अर्का साइक्लिस्ट हर्कबहादुर तामाङले सब्रिनालाई सहयोग गरेका थिए । सदस्य–सचिव घिसिङले उनीहरुलाई पनि मायाको चिनो प्रदान गरे ।

सब्रिनाले बेइजिङ, लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी छन् । विश्व च्याम्पियनसिपमा २ कांस्य सब्रिनाको नाममा छ । युरोपियन च्याम्पियनसिपमा १० पदक जित्दा २ पटक आफ्नो स्पर्धामा च्याम्पियन नै भइन् ।

सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन् । सब्रिना जुन ८ तारिखमा स्वदेश फर्किदै छिन् ।

Loading ad...
LiNing Ad
#ओलम्पियन सब्रिना

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 ५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

रश्मीको दोहोरो ह्याट्रिक

रश्मीको दोहोरो ह्याट्रिक

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित