बुधबार, असोज ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. एन्फा निर्वाचन : दुई उम्मेदवारको मनोनयन रद्ध 

एन्फा निर्वाचन : दुई उम्मेदवारको मनोनयन रद्ध 

२०२२ जुन २, बिहिबारखेलपाटी संवाददाता

एन्फा निर्वाचन : दुई उम्मेदवारको मनोनयन रद्ध 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी रद्ध भएको छ ।

समय भन्दा ढिला भौचर बुझाएका दुई जनाको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन समितिका सदस्य बद्री भट्टराईले निर्धारित मिति भन्दा ढिला गरि भौचर बुझाएका कारण दुई जनाको उम्मेदवारी रद्ध भएको जानकारी दिए । 

निर्वाचन समितिका अनुसार सदस्य पदका उम्मेदवार सम्भु सिंह ठकुरी र रमेश श्रेष्ठको उम्मेदवारी रद्ध भएको छ । 

'दुवै जनाले निर्वाचन समितिका सदस्यलाई नागरिकता र मनोनयन फारम बुझाएर जानु भएको रहेछ । भौचर केही बेरमा ल्याउने भन्नु भएको रहेछ । तर उम्मेदवारी मनोनयनको ६ देखि १२ गतेसम्म भौचर बुझाएको देखिएन ।' भट्टराईले खेलपाटीसँग भने, 'एन्फाको अडिट एण्ड कम्प्लाइन्स कमिटीले नमिल्ने बताएपछि उहाँहरुको उम्मेदवारी रद्ध भएको हो ।' 

निर्वाचन समितिका अनुसार अध्यक्षमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा ८, खुल्ला केन्द्रिय सदस्यमा ३६ र महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ ।  

अध्यक्षका प्रत्यासीले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् । फ्रेन्ड्स क्लबका राजिव पौडेलले समेत अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । 

वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली तथा सिन्धुपाल्चोक जिल्ला फुटबल संघबाट वीरबहादुर खड्का उम्मेदवारी दर्ता गराएका छन् । 

उपाध्यक्ष शेर्पा प्यानलबाट कुमार केसी, बिज्ञानराज शर्मा, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, नेम्वाङ्ग प्यानलबाट विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

खुल्ला सदस्य पदमा शेर्पा प्यानलबाट दिपक थापा, प्रविण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराज गुरुङ, टीका लामा, प्रदेशसिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्यजनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी दर्ता गराएका छन् । 

सदस्य पदमा सुरेन्द्र सिखाकार, निरोज खड्गी, प्रविणकुमार सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, नेपाल कार्की, विजय घले, मिलन गुरुङ, कृष्णमुरारी गुरुङ, कुमार कटुवाल, सम्भु सिंह ठकुरी, रमेशकुमार श्रेष्ठ, बिनोद लामा तामाङ, मणिकुमार लिम्बु, तपेश्वर कुर्मी, मानदेव हाजार, रविन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, दिपेन्द्र धिमाल, मुखिया लामा, सुन्दर थापा क्षेत्री र बालकृष्ण साँवाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।  

जसमा सदस्य पदका उम्मेदवार सम्भु सिंह ठकुरी र रमेश श्रेष्ठको उम्मेदवारी रद्ध भएको छ ।

यस्तै, महिला सदस्यमा बिन्द्रा देवन, सरिता श्रेष्ठ, बिमला पौडेल, पेमा डोल्मा लामा र विना नबाछे श्रेष्ठले उम्मेदवारी दिएका छन् ।  

एन्फाको निर्वाचन समितिका अनुसार भोलि ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको र उम्मेदवारी फिर्ता लिन चाहेमा निवेदन दिएर आफ्नो उम्मेदवारी फिर्ता लिन सकिने बताएको छ । त्यसपछि निर्वाचन समितिले निर्वाचनको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । 

 

#एन्फा निर्वाचन
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
अमेरिका आइसीसीको निलम्बनमा

अमेरिका आइसीसीको निलम्बनमा

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

पहिलो खेलमै किरणसम्मिलित बंगलादेश पुलिस पराजित

निर्णायक  एकिटिके

निर्णायक एकिटिके

नहार्ने रियल

नहार्ने रियल

पाकिस्तानको फाइनल पुग्ने सम्भावना जीवितै

पाकिस्तानको फाइनल पुग्ने सम्भावना जीवितै

राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

यो वर्ष एनएसएल नहुने हो?

यो वर्ष एनएसएल नहुने हो?