जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा
बुधबार, १८ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा मंगलबार राति विश्व नम्बर एक नोभाक जोकोभिकलाई हराउँदै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् ।
कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले सर्बियन जोकोभिचलाई ३-२,४-६,६-२ र ७-६(७-४) को सेटमा हराए ।
क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।
अब नाडालले सेमिफाइनलमा एलेक्सजेण्डर ज्वेभरेभसँग खेल्ने छन् ।
तेस्रो वरीयताका जर्मन ज्वेभरेभले स्पेनका कार्लोसलाई हराएका थिए ।
जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
