काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनीक भएको छ ।
असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनीक गरेको हो ।
निर्वाचन समितिले जेठ १२ गते बिहीबारसम्म उम्मेदवारको मनोनयन दर्ता गराएको थियो । एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले सार्वजनीक गरेको नयाँ कार्यतालिका अनुसार प्रारम्भिक मतदाता नामावली प्रकाशन आज सोमबार बिहान ११ बजे हुनेछ । सोमबारनै दिउँसो १ बजेदेखि मंगलबार अपरान्ह साढे ५ बजसम्म नामावली उपर दावी तथा विरोध गर्न पाईने समय निर्धारण गरिएको छ ।
जेठ १८ गते निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ । जेठ १९ गते उम्मेदवारको योग्यता परिक्षण पश्चात प्रारम्भ्कि नामावली प्रकाशन गर्नेछ ।
निर्वाचन समितिले जेठ १९ गते उम्मेदवारको प्रारम्भिक नामावली उपर दाबी विरोधको समय राखेको छ । जेठ २० गते उम्मेदवारी फिर्ता र सोही िदन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते काठमाडौंमा हुदैछ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् ।