काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न केन्द्रिय निर्वाचनका लागि मनोनयनको आज (बहीबार) अन्तिम दिन हो ।
एन्फाको निर्वाचन समितिका अनुसार बिहीबार सम्म उम्मेदवारको आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन् ।
असार ६ गते नयाँ नेतृत्व सहित २१ सदस्यीय कार्यसमितिका लागि एन्फा निर्वाचन हुदैछ । निर्वाचनमा भाग लिन समितिले ६ दिनको समय दिएर उम्मेदवारी मनोनयनको समय दिएको थियो ।
निर्वाचन समितिले दिएको समयसिमा अनुसार बिहीबार अन्तिम दिन रहेको छ ।
समितिका अनुसार अहिलेसम्म अध्यक्ष सहित विभिन्न पदमा ५१ जनाको उम्मेदवारी परेको छ । असार ६ गते हुने निर्वाचनले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिला सहित १५ जना सदस्यको चयन गर्नेछ ।
अध्यक्षका प्रत्यासीले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् ।
नयाँ नेतृत्वका लागि शेर्पा र नेम्वाङ सहित फ्रेन्ड्स क्लबका राजिव पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली तथा सिन्धुपाल्चोक जिल्ला फुटबल संघबाट वीरबहादुर खड्का उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्ष शेर्पा प्यानलबाट कुमार केसी, बिज्ञानराज शर्मा, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, नेम्वाङ्ग प्यानलबाट विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
खुल्ला सदस्य पदमा शेर्पा प्यानलबाट दिपक थापा, प्रविण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराज गुरुङ, टीका लामा, प्रदेशसिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्यजनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
खुल्ला सदस्य पदमा सुरेन्द्र सिखाकार, निरोज खड्गी, प्रविणकुमार सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, नेपाल कार्की, विजय घले, मिलन गुरुङ, कृष्णमुरारी गुरुङ, कुमार कटुवाल, सम्भु सिंह ठकुरी, रमेशकुमार श्रेष्ठ, बिनोद लामा तामाङ, मणिकुमार लिम्बु, तपेश्वर कुर्मी, मानदेव हाजार, रविन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, दिपेन्द्र धिमालले उम्मेदवारी दर्ता गराएका छन् ।
जम्मा १३ जना खुल्ला सदस्य निर्वाचित हुने निर्वाचनमा अहिलेसम्म ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महिला सदस्यमा बिन्द्रा देवन, सरिता श्रेष्ठ, बिमला पौडेल, पेमा डोल्मा लामा, विना नबाछे श्रेष्ठले उम्मेदवारी दिएका छन् ।