काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
अध्यक्ष शेर्पाले भोलि शुक्रबार उम्मेदवारी दर्ता गराउने खेलपाटीलाई बताएका छन् ।
एन्फाको आसन्न निर्वाचनका लागि भोलिदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुदैछ । पदाधिकारी सहित कार्यसमितिका लागि भोलिदेखि ६ दिनसम्म मनोनयन दर्ता खुल्ला हुने एन्फाको निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दर्ताको पहिलो दिननै शेर्पाले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।
‘भोलिनै उम्मेदवारी दिने भएको छु । अन्य साथीहरुले विस्तारै मनोनयन दर्ता गराउनुहुनेछ ।’ शेर्पाले भनेका छन् ।
शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा नेतृत्वका लागि निर्वाचित भएका थिए । उनले पुन दोस्रो कार्यकालका लागि एन्फाको नेतृत्वमा औपचारिक रुपमा दाबी गरेका छन् ।
यो पनि, प्यानल बनाउन शेर्पा र नेम्वाङ्गको कसरत