सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय खेलकुद सर्ने !

मंगलबार, जेठ ३, २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय खेलकुद सर्ने !
Classic Tech Internet Ad

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । 

गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको प्रतियोगिता तयारी अभावका कारण सर्ने निश्चित भएको हो । 

संघीय सरकारको मन्त्रीपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । 

तयारी अभावको कारण देखाउँदै सरकारले नवौं राष्ट्रिय खेलकुदलाई केही महिनाका लागि सार्ने तयारी गरेको हो । 

राखेप स्रोतका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोजको नयाँ मितिमा आयोजना गर्ने तयारी छ । 

‘सार्वजनीक खरिद नियम अनुसार टेण्डर प्रक्रिया पुरा गर्न समय लाग्ने देखियो । सरकारबाट पनि अपेक्षित सहयोग भएन । सोही कारण नवौं राष्ट्रिय प्रतियोगिता सर्ने निश्चित छ ।’ राखेप सदस्य सचिव टंकलाल घिसिङको भनाई उद्धित गर्दै राखेप स्रोतले भन्यो ।  

सदस्य सचिव घिसिङले आन्तरिक छलफलका क्रममा नवौं राष्ट्रिय खेलकुद सर्ने बताउने गरेका छन् । सरकारले केही दिनमा प्रतियोगिता सार्ने र असोजको नयाँ मिति सार्वजनीक गर्ने राखेप स्रोतले बताएको छ । 

मन्त्रीपरिषद्ले जेठ २२ देखि प्रतियोगिता आयोजना गर्ने बताएपनि आवश्यक तयारी अघि बढ्न सकेको थिएन । निकै छोटो समयको तयारीमा प्रतियोगिता गर्ने निर्णय सरकारले गरेको थियो । 

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा जसरी फास्ट ट्रायकबाट सामान खरिद गरेर भएपनि नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने खेलकुद मन्त्रालय र राखेपको तयारी थियो । तर सरकारबाट आवश्यक सहयोग नभएपनि प्रतियोगिता सर्ने निश्चित देखिएको हो । 

प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको नवौं संस्करण २०७७ मा हुनुपर्ने हो । तर कोभिड १९ को प्रभाव र सरकार परिर्वतनका कारण प्रतियोगिता समयमै हुन सकेन ।
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै