मंगलबार, असोज ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. एन्फा बैठक बस्दै, अलमुताईरीको विषयमा छलफल हुने 

एन्फा बैठक बस्दै, अलमुताईरीको विषयमा छलफल हुने 

२०२२ मे ८, आइतबारखेलपाटी संवाददाता

एन्फा बैठक बस्दै, अलमुताईरीको विषयमा छलफल हुने 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज (आईतबार) बस्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । बैठकको एक मात्र एजेण्डाको रुपमा राष्ट्रिय फुटबल टिममा देखिएको विवादलाई राखिएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले राष्ट्रिय टिमका सिनियर १० खेलाडीलाई टिमबाट निकालेपछि प्रशिक्षक–खेलाडी विवाद उत्कर्षमा छ । प्रशिक्षक अलमुताईरीले पटक पटक राष्ट्रिय टिमबाट निस्किएर जान चेतावनी दिएपछि सिनियर १० खेलाडीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए । सिनियर टिमका १० खेलाडीले क्याम्प छाडेपछि एसिया कप छनोटको तयारी प्रभावित बनेको छ । 

प्रशिक्षक अलमुताईरीले सिनियर खेलाडीलाई देखाउन भन्दै विदेशमा फुटबल खेलिरहेका केही खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा मौका दिएका छन् । तर विवादका कारण केही खेलाडीले क्याम्प छाडेका छन् भने अधिकांश सिनियर खेलाडीले अलमुताईरीसँग प्रशिक्षणमा सहभागी हुन मानेका छैनन् ।

एन्फाभित्र पटक पटक विवादमा आउने गरेका प्रशिक्षक अलमुताईरीले यसअघि वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्गलाई सामाजिक सञ्जालमार्फत आरोप लगाएर विवादमा तानिएका थिए । फुटबलको अनावश्यक विवादमा तानिने गरेका अलमुताईरी यसपटक आफ्नै खेलाडीसँग टसलमा परेका छन् । 

प्रशिक्षक–खेलाडी विवाद लम्बिदै जादा एन्फाका उपाध्यक्षत्रयले निवेदन दिदै एन्फा बैठकको माग गरेका थिए । एन्फाले खेलाडीको माग अनुसार विवादको छानविन गर्न एक सदस्यीय समिति समेत गठन गरको थियो । तर सो समितिबाट काम नहुने भन्दै फुटबल खेलाडी संघ र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नयाँ छानविन समितिको माग गरेका छन् । 

खेलाडी र प्रशिक्षक बीच देखिएको विवादमाथि छलफल र निर्णय गर्न एन्फाले आईतबार कार्यसमिति बैठकको आह्वान गरेको हो । घटनाको सत्य तथ्य छानविन हुनुपर्ने खेलाडीको माग छ । अलमुताईरीको प्रशिक्षकत्वमा आफुहरु राष्ट्रिय टिममा सहभागी हुन गाह्रो हुने खेलाडीले बताईसकेका छन् । 
 

#एन्फा बैठक
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

यो वर्ष एनएसएल नहुने हो?

यो वर्ष एनएसएल नहुने हो?

आईएलटी–२० : अक्सनमा सबैभन्दा महँगो खेलाडी आश्विन

आईएलटी–२० : अक्सनमा सबैभन्दा महँगो खेलाडी आश्विन

महिलालाई मैत्रीपूर्ण खेल, पुरुष टोली खाली बस्ने !

महिलालाई मैत्रीपूर्ण खेल, पुरुष टोली खाली बस्ने !

एन्फाले एनएसएललाई दिएन समय

एन्फाले एनएसएललाई दिएन समय

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले इन्डोनेसिया र चाइनिज ताईपेइसँग खेल्ने

नेपालले इन्डोनेसिया र चाइनिज ताईपेइसँग खेल्ने

बालोन डि’ओरमा आइतानाको ह्याट्रिक

बालोन डि’ओरमा आइतानाको ह्याट्रिक