आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा ३ सय बढी खेलाडी

शनिबार, २४ बैशाख २०७९खेलपाटी संवाददाता
अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा ३ सय बढी खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं । अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १३ औं संकरणमा तीन सय भन्दा बढी खेलाडीको सहभागिता पक्का भएको छ ।

च्याम्पियनसिप मे १३ र १४ तारिखमा अमेरिकाको मिचिगन राज्यमा हुदैछ । च्याम्पियनसिपका लागि मे १० तारिखसम्म खेलाडी दर्ता खुल्ला छ । तर ६ तारिखसम्ममा तीन सय भन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेको आइओएफटीसीको स्थानीय इभेन्ट म्यानेजर अमुल गोर्खालीको भनाइ छ ।

‘अहिलेसम्म खेलाडी दर्ता संख्या तीन सय नाग्यो, दस तारिखसम्म यो संख्या तीन सय ५० भन्दा माथि पुग्ने देखिएको छ ।’ गोर्खालीले भने ।

मिचिगनमा हुन लागेको च्याम्पियनसिपको स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमी रहेको छ । इभेन्ट म्यानेजर अमुल गोर्खालीका अनुसार १३ तारिख खेलाडीको वेट लिइने छ । मुख्य प्रतिस्पर्धा भने मे १४ तारिक हुने छ ।

च्याम्पियनसिपमा अहिले सम्म अमेरिका बाहेक आठ देशका खेलाडीले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् । अमेरिका भित्र पनि मिचिगन बाहेक ११ राज्यका खेलाडीले सहभागिता जनाउदै छन् ।

गोर्खालीका अनुसार अमेरिकाका विभिन्न राज्यबाट नेपाली खेलाडी मात्र ३२ जनाले अहिलेसम्म नाम दर्ता गराएका   छन् । त्यसपछि क्यानडाबाट एक नेपाली सहित १३ खेलाडीको सहभागिताको टुङ्गो लागेको छ । मेक्सिको, कतार, भारत, दक्षिण कोरिया, फिलिपिन्सबाट पनि खेलाडीले भाग लिने छन् । 

च्याम्पियनसिप जुनियर र सिनियर गरि हुने छ । रोचक पक्ष च्याम्पियनसिपमा कडेट इभेन्ट समावेस गरिएको छ । यो इभेन्टमा पाँच वर्ष मुनि, ६ देखि ७ वर्ष, ८ देखि ९वर्ष, १० देखि ११ वर्ष र १२ देखि १४ वर्ष उमेर समुहमा प्रतस्पर्धा गराइने छ ।

यस्तै जुनियर इभेन्टमा १५ देखि १७ वर्ष र १८ देखि ३२ वर्ष उमेर समुहमा प्रतिस्पर्धा हुने छ । इभेन्ट म्यानेजर गोर्खालीका अनुसार सिनियरमा भने महिला तथा पुरुष दुवैतर्फ विश्व तेक्वान्दो महासंघ डब्लुटीएफ र ओलम्पिक फर्म्याटका तौल समूहमा प्रतस्पर्धा गराइने छ ।

मिचिगनको एप्सीलान्टी सिटीमा रहेको इस्टर्न मिचिगन विश्वविद्यालयस्थित जर्ज गेर्विन गेम ओभर सेन्टरमा हुने च्याम्पियनसिपको सिनियर पुरुषमा ५४ केजीमुनि, ५८ केजीमुनी, ६३ केजीमुनि, ६८ केजीमुनि, ७४ केजीमुनि, ८० केजीमुिी, ८७ केजीमुनि र ८७ केजीमाथि तौल समुहमा समावेश छ ।

यस्तै महिला तर्फ ४६ केजीमुनि, ४९ केजीमुनि, ५३ केजीमुनि, ५७ केजीमुनि, ६२ केजीमुनि, ६७ केजीमुनि, ६३ केजीमुनि, ७३ केजीमुनि र ७३ केजीमाथि प्रतिस्पर्धा हुने छ ।

गोर्खालीका अनुसार ह्याभी वेट बाहेक अन्य तौलसमूहमा खेलाडीको दर्ता भइसकेको छ । च्याम्पियनसिप पाँच रिङ्गमा हुने छ ।

च्याम्पियनसिपमा रेफ्रि डिरेक्टर युएस तेक्वान्दोका पूर्व सिइओ ब्रस हेरिस रहेका छन् । यस्तै रेफ्रि चियरमा अष्ट्रेलियाका रेने लेभोस रहेका छन् । उनी ओलम्पिक रेफ्रि समेत हुन् । यस्तै अर्का रेफ्रि चियरमा रेमण्ड सु छन् । उनी विश्व तेक्वान्दो पुम्से कमिटीको सदस्य हुन् ।

च्याम्पियनसिपमा २२ जना रेफ्रि रहने छन् । जसमा दस जना अन्तर्राष्ट्रिय छन् । अमेरिका बाहिरबाट आठ देशका रेफ्री छन् ।

स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमीका संचालक तथा मुख्य प्रशिक्षक एवं च्याम्पियनसिपका संयोजक लव गोर्खालीले खेलाडीको सहभागिता उत्साहजनक रहेको बातए ।

‘कोभिड–१९ का कारण लामो समय देखि बन्द दुतावासहरु भर्खर खुल्दै छन्, त्यसले गर्दा अहिले अन्तरवार्ताको मिति चाँडो पाउनै गाह्रो भएकाले धेरै छुटे तर पनि जुन रुपमा अहिलेसम्म खेलाडी दर्ता भएको छ यो हामीले सोचे भन्दा राम्रो हो ।’ लव गोर्खालीले भने ।

च्याम्पियनसिपमा स्थानीय, जुनियरदेखि यूएस च्याम्पियन खेलेका सम्म खेलाडीले भाग लिने लव गोर्खालीको भनाइ छ ।

‘सिनियर इभेन्टमा यूएसए तेक्वान्दोको अनुभव भएका खेलाडी पनि छन्, रेफ्रि पनि वल्र्ड तेक्वान्दो र ओलम्पिक खेलाएका छन् ।’

गोर्खालीले अब आफूहरु पाहुनाको स्वागतका लागि तयार रहेको बताए । ‘हामी रेडी टु गोमा छौं । सबै अतिथिको प्रतिक्षामा छौं । उहाँहरुको स्वागतका लागि आतुर छौं ।’

च्याम्पियनसिपलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो महासंघ (युयुएनटीफ)र गैरआवासीय नेपाली संघ अमेरिकाको सहयोग रहने छ ।

अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हेडक्वाटर पोर्टल्यान्डको आयोजनामा यो च्याम्पियनसिप सन् २००० देखि सुरु भएको हो । सुरुआती दुई संस्करण नेपालमा भएको च्याम्पिनसिपय भारत, हङकङ र बेलायतमा पनि आयोजना भइसकेको छ ।

अमेरिकामा यो च्याम्पियनसिप हुन लागेको चौथो पटक हो । यस अगाडि हेडक्वाटर ओरिगनको पोर्टल्यान्डमा मात्र आयोजना हुँदै आएको च्याम्पियनसिप अमेरिका भित्र अन्य राज्यमा हुन लागेको पहिलो पटक हो ।

च्याम्पियनसिपको १२ औं संस्करण सन् २०१८ मा नेपालमा भएको थियो । १३ औं च्याम्पियनसिप यस अगाडि २०२० मा हुने भनिएकोमा कोभिडका कारण स्थगित भएको थियो । 

आइओएफटीसीका महासचिव क्यारेन ब्लाल्कलेज र बोर्ड डाइरेक्टर मास्टर दिवाकर डान महर्जनले संयुक्त अपिल जारी गर्दै भनेका छन् ‘१३ औं संस्करणमा हामी विश्वलाई स्वागत गर्न आतुर छौं ।’

 

Loading ad...
LiNing Ad
अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा ३ सय बढी खेलाडी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि