काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशले ३६ सहभागी हुने निर्णय गरेको छ ।
प्रदेश मन्त्रीपरिषद्को बैठकले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेल संख्याको टुङ्गो लगाएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले राष्ट्रिय खेलकुदका सबै खेल स्पार्धामा सहभागी हुने निर्णय गरेको हो ।
सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा जेष्ठ २२ देखि २८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ ।
यसअघि कर्णाली प्रदेशले २७ खेलमा सहभागीता जनाउने निर्णय गरिसकेको छ । कर्णालीले प्रतियोगितामा आफ्नो प्रदेशमा ५ सय ६० जनाको सहभागीता रहने उल्लेख गरेको छ ।
सरकारले गण्डकी प्रदेशमा हुने प्रतियोगितामा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ । जसमा दुई स्थानीय प्रर्दशनी खेल समेत थपिनेछ ।
आयोजक युवा तथा खेलकुद मन्त्रालयले नवौं राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गरेको छ ।