काठमाडौं । चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदका लागि ब्याडमिन्टनको छनौट सम्पन्न भएको छ ।
ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा भएको छनौटबाट पुरुष र महिलातर्फ ७/७ खेलाडीको चयन गरिएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।
उनले कोटा निर्धारण पश्चात यहि छनौट भएका खेलाडीबाट एशियाली खेलकुदका लागि वरीयताका आधारमा खेलाडी छनौट गर्ने जानकारी गराए ।
छनौट प्रतियोगिताबाट पुरुषतर्फ प्रथम स्थानमा बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाल रहेका छन् । यस्तै दोश्रो नम्बरमा नविन श्रेष्ठ, तेश्रोमा प्रफुल महर्जन, चौथोमा राष्ट्रिय च्याम्पियन तथा पहिलो बरियताका दिपेश धामी, पाँचौमा बिष्णु कटुवाल, छैटौंमा साजन कृष्ण ताम्राकार र सातौमा सुदीप सेढाई रहेका छन् ।
यस्तै महिलातर्फ राष्ट्रिय च्याम्पियन रशिला महर्जन पहिलो, नङ्गशल तामाङ दोश्रो, जेशिका गुरुङ्ग तेश्रो, अनुमाया राई चौथो, निता लम्साल पाँचौ, सुनयना मुखिया छैटौं र शोभा गौचन सातौं रहेका छन् ।