काठमाडौं । नेपाल ब्याडमिन्टन संघले चीनमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि बिहीबारबाट खेलाडी छनौट सुरु गरेको छ ।
संघले ललितपुरको रिभाईभ लिजर पार्कस्थित ब्याडमिन्टन कोर्टमा छनौट सुरु गरिएको जनाएको छ ।
छनौट खेलमा उच्च १० वरीयतामा रहेका पुरुष तथा महिला खेलाडीहरुकाबीच प्रतिस्पर्धा भईरहेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।
तीन दिन सम्म संचालन हुने प्रतिस्पर्धा लिगका आधारमा खेलाईने समेत अध्यक्ष श्रेष्ठले जनाए ।
एसियन गेम्स आगामी सेप्टेम्बर १० देखि २५ सम्म हुनेछ । एसियन गेम्समा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्नेछ ।