बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

अलमुताईरीविरुद्ध सिनियर खेलाडीको बिद्रोह 

बुधबार, १४ बैशाख २०७९खेलपाटी संवाददाता
अलमुताईरीविरुद्ध सिनियर खेलाडीको बिद्रोह 
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय फुटबल टिमका सिनियर १० जना सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीविरुद्ध बिद्रोह गरेका छन् । 

प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै सियिनर टिममा १० खेलाडीले अलमुताईरीविरुद्ध बिद्रोह गरेका हुन् । 

आफुहरुप्रति निकै अनुदार व्यवहार प्रर्दशन गरेको भन्दै खेलाडीले बन्द प्रशिक्षणनै छाडेर हिडेका छन् । एन्फाले आसन्न एसिया कप छनोटका लागि खेलाडीलाई त्रिपुरेश्वरस्थित एक होटलमा राखेको छ । प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सिनियर खेलाडीले प्रशिक्षण छाडेर बाहिरिएका हुन् । 

सुरुवातमा राष्ट्रिय टिमका सिनियर खेलाडी रोहित चन्दले प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको भन्दै असन्तुष्टि पोखेका थिए । प्रशिक्षणको क्रममा राम्रो बस्ने, खाने व्यवस्था नभएको भन्दै उनले प्रशिक्षकसँग गुनासो गरेका थिए । खेलाडीको गुनासोसँगै एन्फाले त्रिपुरेश्वरस्थित एक होटलमा खेलाडीलाई राखेको थियो । खेलाडीले समेत दशरथ रंगशालामा नियमित प्रशिक्षण गर्न थालेका थिए । 

आफ्नो सुविधाका विषयमा सिनियर खेलाडीले आवाज उठाएपछि प्रशिक्षकसँग सिनियर खेलाडीको दुरी बढेको हो । प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहित चन्दले सुरुवातमा क्याम्पबाट बिदा लिएका थिए । चन्दले बिदा लिदा प्रशिक्षकले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको भन्दै अन्य सिनियर खेलाडीले समेत होटल छाडेर हिडेका छन् । 

खेलाडीलाई आफ्नो निहित स्वार्थका लागि प्रयोग गर्ने स्वभावका कारण अलमुताईरी आलोचित थिए । खेलाडीलाई होच्चाउने, देशलाई कमजोर र नकारात्मक तरिकाले प्रस्तुत गर्ने अलमुताइरीको स्वभाव रहदै आएको खेलाडीको गुनासो थियो । 

एन्फा स्रोतका अनुसार रोहित सहित ९ जना खेलाडीले क्लोज क्याम्प छाडेको पुष्टि गरे । स्रोतका अनुसार विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई, बिमल घर्तिमगर लगायतका खेलाडीले होटल छाडेर हिडेका छन् । सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि त्यसको बदलामा अलमुताईरीले जुनियर १४ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन् । 

‘सिनियर खेलाडी आएपनि राख्दिन ।’ अलमुताइरीको भनाई उद्धित गर्दै स्रोतले भने, ‘यि खेलाडीले एसिया कप पार लगाउन सक्दैनन् । बरु नयाँ खेलाडीलाई मौका दिएर मेहनत गर्न सिकाउँछु ।’ 
 

Loading ad...
LiNing Ad
#अलमुताईरी बिद्रोह

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि