राजीनामा दिएपनि प्रतिनिधि बन्न नपाउने

काठमाडौं । केन्द्रिय प्रतिनिधि बन्न कार्यसमितिबाट राजीनामा दिएका एन्फा कार्यसमितिका पदाधिकारी फुटबल संघको आसन्न निर्वाचनमा प्रतिनिधि बन्न नपाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय निर्वाचनमा प्रतिनिधि बन्न कार्यसमितिबाट राजीनामा दिएका पदाधिकारीले आसन्न निर्वाचनमा प्रतिनिधि बन्न नपाउने भएका हुन् ।
एन्फाको केन्द्रित निर्वाचनमा प्रतिनिधि बन्न वर्तमान कार्यसमितिका पेमा डोल्पा लामा, दिनेश ब्यन्जनकार, लालबहादुर ज्वारचन, मोहमद समिउल्लाह लगायतले राजीनामा दिएका थिए ।
एन्फाको निर्वाचन निर्देशिकामै कार्यकारी समिति, महासचिव, प्रमुख कार्यकारी अधिकृत, कोषाध्यक्ष, सहायक महासचिव, सहायक सिईओ, सह–कोषाध्यक्ष, मानार्थ अध्यक्ष, उपाध्यक्ष तथा सदस्यले साधारण सभामा भाग लिने पाउने तर उनीहरुलाई मतदानको अधिकार नहुने उल्लेख छ ।
निर्देशिकाको आधार ९ को ८ मा आफ्नो कार्यकालमा कार्यकारी समितिका सदस्यहरु आफ्नो संघको प्रतिनिधिका रुपमा नियुक्त हुन नपाउने उल्लेख छ ।
एन्फाका एक पदाधिकारीका अनुसार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले समेत राजीनामा गरेपनि वर्तमान कार्यसमितका सदस्यलाई केन्द्रिय निर्वाचनमा प्रतिनिधि बन्न रोक लगाउन निर्देश गरेको छ ।
सोही अनुसार फिफाको निर्देशन अनुसार कार्यसमितिबाट राजीनामा गरेका पदाधिकारीले पदसँगै केन्द्रिय प्रतिनिधि बन्ने बाटो बन्द भएको छ ।
योसँगै वर्तमान कार्यसमितमा रहेका सदस्य राजीनामा गरेर केन्द्रिय प्रतिनिधि बन्ने ढोका बन्द भएको छ ।













-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)