काठमाडौं । खेलाडी संघको अध्यक्षमा बिक्रम लामा निर्वाचित भएका छन् ।
आईतबार भएको साधारण सभाले लामालाई खेलाडी संघको नेतृत्वमा सर्वसम्मत चयन गरेको हो ।
लामाको नेतृत्वमा खेलाडी संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । उपाध्यक्षमा विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन निर्विरोध रहे । सदस्यहरुमा रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तिमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ निर्वाचित भए ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नयाँ कार्यसमितिलाई स्वागत तथा शुभकामना दिएका थिए ।
अध्यक्षमा निर्वाचित लामाले खेलाडीको हक अधिकार स्थापित गर्न संघले सबैसँग मिलेर काम गर्ने बताए ।
राष्ट्रिय फुटबल टिमका खेलाडी बिक्रमले थ्री स्टारमार्फत घरेलु फुटबल खेल्दै आएका छन् । उनले कप्तानीमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेको थियो ।
अन्तराष्ट्रिय फुटबलमा नेपालले पछिल्लो दशकमा प्राप्त गरेको सफलतामा बिक्रमको महत्वपुर्ण भुमिका छ ।
मैदान भित्र र बाहिर 'जेन्टलमेन' खेलाडीको छवी बनाएका बिक्रमलाई राष्ट्रिय टिमका नयाँ तथा पुराना खेलाडीहरुले सर्वसम्मत रुपमा खेलाडी संघको नेतृत्व चुनेका हुन् ।