मंगलबार, असोज ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. तीन वर्षपछि बस्यो राखेपको बोर्ड बैठक

तीन वर्षपछि बस्यो राखेपको बोर्ड बैठक

२०२२ अप्रिल २२, शुक्रबारखेलपाटी संवाददाता

तीन वर्षपछि बस्यो राखेपको बोर्ड बैठक

काठमाडौं । तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ऐतिहासिक बोर्ड बैठक सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो ।

युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु समेत पारित गरेको छ । 

बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि तयार पारीएको “नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन निर्देशिका–२०७९” पारीत गरेको छ ।

साथै बैठकले प्रतियोगिताको मिति तय गरेर प्रतियोगिता संचालनकालागि सहमती प्रदान गर्ने नेपाल सरकार मन्त्रीपरिषदप्रति हार्दिक आभार समेत ब्यक्त गरेको छ । 

बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल सहभागी गराउने निर्णय गरेको छ ।

जसअन्तर्गत एथलेटिक्स, ब्याडमिन्टन, टेबल–टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिवल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्नास्टीक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारिरीक सुगठन, बुद्धिचाल, खो–खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आईटिएफ टेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आचरी, साईक्लिङ, फेन्सीङ, ट्राईथेलेन, प्याराग्लाईपिडङ र रग्बी ७ ए साईट खेल संचालन गरीने भएको छ ।

त्यसैगरी ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा प्रतियोगितामा समावेश गर्ने निर्णय समेत भएको छ ।

बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि आवश्यक लोगो, मस्कट र नारा तय गर्नकालागि आवश्यक प्रक्रिया अगाडी बढाउनुका साथै प्रतियोगिता मुल आयोजक कमिटि, कार्यकारी समिति, उप–समिति तथा सचिवालय गठन गर्ने निर्णय समेत पारीत गरेको छ । 

बैठकले १९ औं एशियन खेलमा नेपालको तर्फबाट २३ वटा खेलमा सहभागी हुने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलेन, उसु, आर्चरी, बास्केटबल, कबड्डि, फेन्सीङ, ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टनमा सहभागीता जनाउने निर्णय गरेको हो ।

यसअघिका एसियन खेलमा खेलाडीहरुले देखाएको उत्कृष्ट नतिजा तथा पछिल्लो समयमा सफलता प्राप्त भईरहेका खेलहरुका आधारमा एशियन गेम्समा २३ वटा खेल समावेश गर्ने निर्णय गरीएको हो । बैठकले एशियन खेलकुदमा सहभागी हुने खेलाडीहरुको छनौट, बन्द प्रशिक्षण तथा आवश्यक बजेट र तयारीका सम्बन्धमा समेत प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । 

बैठकले बिभिन्न संघ संस्थाको निर्देशिका तथा जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेदेखी आगामी आर्थिक वार्षकालागि आवश्यक बजेट माग गर्नेसम्मको निर्णय पारीत गरेको छ ।

बैठकमा बोल्दै युवा तथा खेलकुद मन्त्री तथा बैठकका अध्यक्ष महेश्वर गहतराज (अथक) ले खेलकुदको महाकुम्भका रुपमा रहेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्धारित समयमै सम्पन्न गर्नु सबैको दायित्व रहेको बताए । उनले निर्धारित समयमै प्रतियोगिता संचालन गर्न नसकिए थप एक वर्ष खेर जाने भएकाले दत्तचित्त भएर प्रतियोगितामा केन्द्रित हुन निर्देशन समेत दिए । 

“हामी दुई वर्ष ढिला भईसकेका छौं” मन्त्री अथकले भने, “निर्धारित समयमै प्रतियोगिता गराउन सकिएन भने फेरी एक वर्ष पछि धकेलिनेछौं, त्यसैले निर्धारित समयमै प्रतियोगिता सम्पन्न गराउनु अपरिहार्य छ ।”

यस्तै, नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी टिमको सँख्या बढ्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङका अनुसार तिन विभागीय टिम र ७ प्रदेशका टिमका अलावा यस पटक एनआरएनको टिमलाई समेत प्रतियोगितामा सहभागीता गराउने तयारी भईरहेको छ ।

पर्यटन प्रवद्र्धनकालागि खेलकुद सबैभन्दा बलियो माध्यम हुनसक्ने भएकाले नवौं राष्ट्रिय प्रतियोगितामा एनआरएनको टिमलाई समेत सहभागी गराउने प्रयास भईरहेको घिसिङले जानकारी दिए ।  
 

#राखेपको बोर्ड
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
यो वर्ष एनएसएल नहुने हो?

यो वर्ष एनएसएल नहुने हो?

आईएलटी–२० : अक्सनमा सबैभन्दा महँगो खेलाडी आश्विन

आईएलटी–२० : अक्सनमा सबैभन्दा महँगो खेलाडी आश्विन

महिलालाई मैत्रीपूर्ण खेल, पुरुष टोली खाली बस्ने !

महिलालाई मैत्रीपूर्ण खेल, पुरुष टोली खाली बस्ने !

एन्फाले एनएसएललाई दिएन समय

एन्फाले एनएसएललाई दिएन समय

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले इन्डोनेसिया र चाइनिज ताईपेइसँग खेल्ने

नेपालले इन्डोनेसिया र चाइनिज ताईपेइसँग खेल्ने

बालोन डि’ओरमा आइतानाको ह्याट्रिक

बालोन डि’ओरमा आइतानाको ह्याट्रिक

एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक

एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक