काठमाडौं । जिल्ला फुटबल संघ धनकुटा र धनुषाको साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार भएको साधारण सभाले धनकुटामा मणी चेम्जोङ्ग र धनुषामा रामकेवल मुखियालाई अध्यक्षमा चयन गरेको छ ।
धनकुटामा मणिले दिवन श्रेष्ठलाई हराउँदै अध्यक्षमा विजयी भए । मणिले १० र दिवनले ६ मत प्राप्त गरे । उपाध्यक्षमा पदमबहादुर श्रेष्ठ, मनिसोर तामाङ र मणि देवान निर्वाचित भए । उपाध्यक्षका अर्का प्रत्यासी रत्नेश राई पराजित बने ।
सदस्यमा उमेश राई, सुरेश गुरुङ, राम राई, आशिष राई, श्यामबहादुर चेम्जोङ, शिखर श्रेष्ठ, विशालकुमार लिम्बु, शम्भु प्रधान, रुपेश श्रेष्ठ र सवाल राई निर्वाचित रहे । सदस्यमा उज्वल कर्माचार्य, पुनमजंग राणा र मानप्रसाद लिम्बु पराजित रहे ।
धनुषामा रामकेवल मुखियाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । शुक्रबारनै भएको एन्फा काठमाडौंको निर्वाचनमा विराटजंग शाहीको नेतृत्वमा कार्यसमिति चयन भएका छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते काठमाडौंमा हुदैछ ।