काठमाडौं । जिल्ला फुटबल संघ काठमाडौंको अध्यक्षमा विराटजंग शाही निर्वाचित भएका छन् ।
शुक्रबार भएको साधारण सभाले शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
काठमाडौं जिल्ला फुटबल संघको उपाध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् । उनी यसअघि नेपाल भलिबल संघको विद्यालय कमिसनको संयोजक थिए ।
यस्तै अन्य दुई उपाध्यक्षमा मजेश शाक्य र प्रदिप लामा निर्वाचित भएका छन् ।
सदस्यहरुमा राधाकृष्ण महर्जन, अजब श्रेष्ठ, पूर्णमान सिं, दिपाकुमारी खड्का, सुरेन्द्र बलामी, अमृत लामा, अनिल चौधरी, जनक न्यौपाने, रुद्रबहादुर मल्ल, नकेश राउत र काजिमान कङ्दवा निर्वाचित भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय निर्वाचन असार ६ गते काठमाडौंमा हुदैछ ।