काठमाडौं । जिल्ला फुटबल संघ खोटाङ र सिराहामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
आईतबार भएको निर्वाचनमा खोटाङमा ध्रुब बिक्रम राई र सिराहामा अरुण शाहको अध्यक्षतमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
खोटाङमा राईको अध्यक्षतमा सर्वसम्मत निर्वाचित कमिटिको उपाध्यक्षमा समीर राई, उद्धब राई, रोशेस श्रेष्ठ छन् ।
महासचिवमा काजिमान राई, कोषाध्यक्षमा रोशन राई र सदस्यमा कमल राई, भानु राई, बिनोद तिरुवा, सुमन पुमा र सनम राई रहेका छन् ।
यस्तै सिराहामा अरुण शाहको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शाहको नेतृत्वमा कार्यसमितिनै निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षमा नागेश्वर यादव, शम्भु चौधरी, नबीन यादव निर्वाचित भए ।
सदस्यमा राजिव कुमार यादव, साज कुमार आले, हरि प्रसाद शाह, दिनेश श्रेष्ठ, अन्जनी राई, युगल किशोर चौधरी, गणेश यादव, शत्रुधन सिंह, महेश यादव र महिला सदस्यमा सरिता पौडेल निर्विरोध रहे ।
नवनिर्वाचित कमिटिको बैठकले महासचिवमा प्रविण यादव, कोषाध्यक्षमा सुमन श्रेष्ठ र सदस्यमा प्रदिप यादव र सञ्जित लामालाई मनोनित गरेको छ ।
एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते काठमाडौंमा हुदैछ । केन्द्रिय निर्वाचनका लागि अहिले जिल्ला निर्वाचन भैरहेका छन् ।