पोखरा । गोर्खा कम्युनिटी पोखराले प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता २०७९ गर्ने भएको छ।
बीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा बैशाख ११ र १२ गते पोखरा ८ बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता गरिने शनिबार सोपाल समाज भवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो।
३८ देखि ५५ वर्ष, ५६ देखि माथि र अन्तर पल्टन टिम प्रतियोगिता(डबल्स र सिंगल)इभेन्टका खेलहरु हुने प्रतियोगिता संयोजक तथा गोर्खा कम्युनिटि पोखरामा संस्थापक अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराए ।
समाज विकासका लागि भुमिका रहेको गोर्खाजहरुलाई खेल मार्फत पोखरालाई योगदान पुर्याउन आयोजित प्रतियोगिताको खुल्ला डबल्सतर्फ प्रथम हुनेले २५ हजार, द्धितियले १५ हजार, तृतियेले १० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत हुने र अन्तर पल्टन विजेता हुनेले समेत २५ हजार, द्धितियले १५ हजार, तृतियेले १० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत हुने आयोजकले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख ५० हजार खर्च हुने र १०० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागीका लागि बैशाख ९ गते भित्र पेन्सन पट्टाको फोटोकपी, पासपोर्ट साईको फोटोसहित खेलाडीको नाम दर्ता गर्नुपर्ने र बैशाख १० दिनको १२ बजेभित्र पोखरा १० बुद्धचोकस्थित गोर्खा सहकारी भवनमा खेलको टाइसिट सार्वजनिक गरिने गोर्खा कम्युनिटि पोखराका अध्यक्ष क्या.चोकबहादुर गुरुङले जानकारी दिए ।