काठमाडौं । रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१- १७ र २१-१० ले हराएर उपाधि जितेका हुन् ।
उपाधिसँगै प्रिन्सले १ लाख १५ हजार प्राप्त गर्दा नवीनले ५५ हजार प्राप्त गरे ।
तेस्रो भएका दिपेश धामी र प्रफुल महर्जनले समान १५ हजार प्राप्त गरे ।
महिलातर्फको उपाधि जित्ने क्रममा रशिलाले आर्मीकै अनुमाया राईलाई २१-१२ र २१-१८ ले पाखा लगाईन् ।
रशिलाले १ लाख १५ हजार प्राप्त गर्दा अनुमायाले ५५ हजार प्राप्त गरिन् । तेस्रो भएका पार्थना देउवा र जेशिका गुरुङले १५ हजार प्राप्त गरे ।
पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नवीनको जोडीले उपाधि जिते । प्रिन्स र नवीनको जोडीले आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीलाई १८-२१,२१-९ र २१-१८ ले पाखा लगाए ।
पुरुष युगलतर्फको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार प्राप्त गरे ।
यू–१५ पुरुष एकलमा सिल्क ग्रुपका कविर केसीले एनआरएनका साहिल चन्दलाई २१–१९ र २१–१७ को सेटमा हराएर उपाधि जिते ।
यू-१९ पुरुष एकलमा आर्मीका सन्तोष पनेरुले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१-१२,१९-२१ र २१-१७ ले हराएर उपाधि हात पारे ।
यू-१९ महिला एकलको उपाधि जित्ने क्रममा आर्मीकी पार्थना देउवाले आर्मीकै रोज पाण्डेलाई २१-१९,१३-२१र २१-१४ ले पराजित गरिन् ।
यू-१५ महिला एकलमा आर्मीकी रोज पाण्डेले बीबीएकी रोजी राईलाई २१-६ र २१-१० ले हराएर उपाधि हात पारिन् ।
यू-१५ पुरुष र महिलातर्फको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार प्राप्त गरे ।
यू-१९ को पुरुष र महिलातर्फको विजेताले १५ हजार, उपविजेताले ७ हजार र तेस्रोले ३५ सय पाएका छन् ।
हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको प्रतियोगिताको विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, प्रतियोगिता संयोजक सुबाश श्रेष्ठले पुरस्कृत गरेका थिए ।