काठमाडौं । भारतीय सेनाका सरोज गुरुङले तेस्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार तीन स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न दुई दिने प्रतियोगितामा सरोजले व्यक्तिगत पुम्से, पेयर पुम्से र टिम पुम्सेतर्फ स्वर्ण जितेका हुन् ।
उनले ३०–४० वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेको फाइनलमा भारतकै पविन्द्र साम्पाङलाई हराउँदै स्वर्ण जिते ।
पेयर पुम्सेमा भने सरोजले अर्चना साम्पाङसँग मिलेर फाइनलमा रवि थापा र आकृति क्षेत्रीलाई हराए । टिमतर्फ रवि थापा, पविन्द्र साम्पाङसहितको टोलीसँग मिलेर सरोजले स्वर्ण प्राप्त गरे ।
पुरुष सिनियर ५४ केजी मुनि नेपालका निकी थापाले स्वर्ण, भारत पेनोर लामाले रजत तथा भारतका तिलक हिरा र नेपालका वीरेन्द्र बोहोराले कांस्य पदक पाए ।
सबजुनियर ३१–३३ केजी तौलसमूहमा नेपालकी जेसिका लिम्बुले स्वर्ण जित्दा फाइनलमा भारतकी रिसिता कश्यपलाई हराइन् । सो तौलमा नेपालकै आकृति खापुङले कांस्य पदकमा चित्त बुझाइन् । सब जुनियरकै महिला २८–३१ केजीमा भारतका सेली गुरुङले स्वर्ण, बार्बी बोरुहले रजत तथा नेपालका सिखा श्रेष्ठ र सोडिना रिजालले कांस्य पदक प्राप्त गरे । फाइटतर्पm नै महिला जुनियर ४४–४६ केजी तौलसमूहमा भारतकी सृजना कुँवर, भारतकी रेणु गुप्ता, नेपालका सोफिया गुरुङ र सुमित्रा बलामी कांस्य जिते ।
यु–१८ महिला पुम्सेमा नेपालका विविका थापामगर, भारतका आकृति मुखर्जी र प्रिया यादवले कांस्य जिते । १२–१४ वर्ष उमेरसमूहमा नेपालका खुश्बु खाँडले स्वर्ण, समिक्षा आचार्यले रजत तथा भारतकी चैताली भण्डारी र नेपालकी पासङ मोक्तानले कांस्य पदक जिते । जुनियर पुरुष ५५–५९ केजी तौलसमूहमा नेपालका विसान्त केसीले स्वर्ण जित्दा प्रथम प्रधानलाई हराए । सो तौलमा नेपालका सृजन मगर र असिन श्रेष्ठ कांस्य पदकमै खुम्चिए । पुरुष जुनियर ४८–५१ केजीमा दार्जलिङका अशोक तामाङले सनिपुरका रजत नेवारलाई हराउँदै स्वर्ण जिते । नेपालका शेख इर्पmान र हिमाल भुजेल कांस्य पदकमा नै सीमित भए ।
विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, प्रतियोगिता निर्देशक प्रेम भुजेल, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक राकेशकुमार राईलगायतले पुरस्कृत गरे । प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता निर्देशक भुजेलले जानकारी दिए । क्योरोगीको सिनियर पुरुष÷महिलामा ६–६, जुनियर पुरुष÷महिलामा ७–७ तथा सब जुनियरको पुरुष÷महिलामा जम्मा ७ गरी कुल ३३ स्पर्धा भएको थियो । त्यस्तै पुम्सेमा सब जुनियर, क्याडेट, सिनियर, जुनियर र मास्टर्सतर्फ प्रतिस्पर्धा भएको थियो ।