काठमाडौं । पेट्रियट्स कप अन्तर-कलेज टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपेक्स कलेज र गोल्डेन गेट कलेजले विजयी सुरुवात गरेका छन् ।
शनिबारबाट सुरु भएको प्रतियोगितामा एपेक्सले ब्लुबर्ड कलेज तथा गोल्डेन गेटले मोर्गन कलेजलाई पराजित गरेको हो ।
पहिलो खेलमा एपेक्सले ब्लुबर्डलाई ५ रनले पराजित गर्यो । खराब मौषमको करण १५ ओभरमा छोट्टाइएको खेलमा १ सय ९ रनको लक्ष्य पछ्याएको ब्लुबर्ड १५ ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनायो । उसका बिबेक राना मगरले ४० रन बनाए । यस्तै बिपिन आचार्यलव १७ तथा सचिन लेखकले ९ रन बनाए ।
एपेक्सको जितमा शशांक अग्रवालले ३ तथा मोहन सिंह र आकास पौडेलले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपेक्सले १५ ओभरमा ४ विकेट गुअएर १ सय ८ रन बनायो । उसका हरिस बडूले ३५ सगर छेत्रीले २५ तथा स्पन्दन बलायरले २४ रन बनाए । ब्लुबर्डका बिबेक राना मगरले २ विकेट लिए ।
दोस्रो खेलमा गोल्डेन गेटले मोर्गन कलेजलाई ६ विकेटले पराजित गर्यो । ९२ रनको लक्ष्य पछ्याएको गोल्डेन गेटले १२ ओभरमा माटा ४ विकेट गुमाएर ९४ रन बनायो । उसका तिर्थ राज दासले ३९ रनको अविजित इनिङ खेल्दा रभी शाहले ३० रन बनाए ।
मोर्गन कलेजका अफ्जल अलिले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मोर्गनले २० ओभरमा पुरै विकेट गुमाएर ९१ रन मात्र बनायो । उसका दिपेन्द्र कुमार पण्डितले २२ तथा सहदेव दहालले १९ रन बनाए ।
मोर्गनलाई सस्तैमा समेट्न गोल्डेन गेटका रिजन ढकाल र सचिन शर्माले समान ३/३ विकेट लिए ।