काठमाडौं । डिजिटल गडी प्रिमियर लिग (डीजीपीएल) मा माधेली च्य्यालेन्जर्सले विजयी सुरुवात गरेको छ । माधेलि च्यालेन्जरसले भामरी वारियार्सलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेक हो ।
गडी रंगशालामा ९७ रनको सामान्य लक्ष्य पछ्याएको मध्यलीले १७ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसको जितमा दिपु भुजेलले ३७ रन र गौरव कटुवालले २१ रन बनाए ।
भमरी वारियर्सका विधानले २ र कपिल १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भमरी वारियरसले १९ ओभर ३ बलमा ९६ रन बनाउँदा अलआउट भयो । उसका कपिल मण्डलले सर्वाधिक १९ रन बनाए । यस्तै सरोज बस्नेतले १७ रनको योगदान गरे ।
मधेलीका कमल खत्रीले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र १० रन खर्चेर ३ विकेट हात पारे ।
कमल खत्री खेलका म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितामा आज दुई खेल हुँदै छ । दोस्रो खेल छापकी सुपर किङ्स र गडी राइडर्सले खेल्दै छन् ।