सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

प्रधानमन्त्री कप ब्याडमिन्टन सोमबारबाट

शनिबार, २६ चैत्र २०७८खेलपाटी संवाददाता
प्रधानमन्त्री कप ब्याडमिन्टन सोमबारबाट
Classic Tech Internet Ad

काठमाडौं । दोस्रो संस्करणको योनेक्स सनराईज प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला - वरीयता ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ  ।

आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २८ गते सोमबारबाट सुरु हुने जनाएको छ । प्रतियोगिता बैशाख १ गतेसम्म संचालन हुने संयोजक सुबाश श्रेष्ठले जानकारी गराए ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा देशभरका जिल्ला, क्लब र तीन विभागीय टोलीका खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा ३०० खेलाडीको सहभागिता हुने रेफ्री उदय अर्यालले जानकारी गराए ।

प्रतियोगिता पुरुष एकल (खुला), महिला एकल (खुला), पुरुष युगल (खुला), यू-१५ पुरुष/महिला, यू-१९ पुरुष/महिला, मास्टर्स खुला ४५ वर्षमाथि र मास्टर्स खुला ५५ वर्षमाथि गरि कुल ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

एकलतर्फ पुरुष र महिलाको विजेताले १ लाख १५ हजार, दोस्रोले ५५ हजार र तेस्रोले १५ हजार पाउने छन् ।

यू-१५ पुरुष र महिलातर्फको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पाउने छन् ।

यू-१९ को पुरुष र महिलातर्फको विजेताले १५ हजार, उपविजेताले ७ हजार र तेस्रोले ३५ सय पाउने छन् ।

पुरुष युगलतर्फको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार पाउने छन् ।

मास्टर्स खुला ४५ वर्षमाथिको विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।

मास्टर्स ५५ वर्षमाथिको विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।

विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार नेपाली राष्ट्रिय रेफ्री तथा अम्पायरबाट खेलाईने प्रतियोगिताको मुख्य प्रायोजकमा टाइगर ब्रुअरीको अन्नपूर्ण रहेको छ । प्रायोजक वापत ब्रुअरीले आयोजकलाई ५ लाख उपलब्ध गराउने छन् ।

यस्तै बेभरेज पार्टनरमा आर.सी कोला, प्रमोटरमा १०० स्पोर्ट्स तथा खेतान स्पोर्ट्स फाउन्डेसन रहेका छन् ।

टिकेटिङ पार्टनर सजिलो पे रहेको छ भने ब्रोडकाष्टिङ पार्टनरमा खेलपाटी डटकम रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad
प्रधानमन्त्री कप ब्याडमिन्टन सोमबारबाट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा