काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।
शनिबार हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।
मुम्बईमा हुने चेन्नई र हैदरावादबीचको दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
चेन्नई आज पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
चेन्नईले अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको छ ।
हैदरावाद पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
हैदरावादले अघिल्ला दुई खेल गुमाएको थियो ।
अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । बैंगलोर र मुम्बईबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।
बैंगलोर आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ ।
बैंगलोरले ३ खेलमा २ जितसहित ४ अंक जोडेको छ ।
मुम्बई भने पहिलो जितको खोजीमा रहेको छ ।
मुम्बईले अघिल्लो तीन खेलमा लगातार हार व्यहोरेको छ ।