काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो टेष्ट अघि दक्षिण अफ्रिकाका कप्तान डीन एल्गरले चोट बोकेका छन् ।
बिहीबार बाथरुममा चिप्लिएर लडेपछि एल्गरले चोट बोकेका हुन् । एल्गरको दाँया परेलामाथि चोट लागेको छ । उनलाई दुईवटा टाँका समेत लगाइएको छ ।
शनिबारबाट सुरु हुने दोस्रो टेष्टको लागि शुक्रबार गरिएको प्रि-म्याच कन्फरेन्समा उनको दाँया परेला माथि घाउ देखेपछि पत्रकारले त्यस बारे जिज्ञासा राख्दा एल्गरले बिहिबार राती बाथरुममा चिप्लिएर लडेको बताएका हुन् ।
'म आश्चर्यमा छु की यो प्रश्न अहिले बल्ल आयो ।' प्रि-म्याचको मध्यतिर सोधिएको प्रश्नको उत्तरमा एल्गरले भने, 'मैले डरबर्नस्थित होटलको बाथरुममा गत राती दुर्घटनाको सामना गर्नु पर्यो । सावर लिएर बाथरुमबाट निस्कने बेला अन्जानमा चिप्लिएर मेरो निधार ठोक्कियो ।'
चोट अलि गहिरो रहेको भन्दै उनले दुईवटा टाँका समेत लगाएको बताएका छन् ।
यद्दपी उनले आफू सिरिजको लागि तयार रहने बताएका छन् । 'यो मेरो लागि गर्वको हुरा होइन, यस्तो भाईरहन्छ तर यो जानीजानी भएको हैन ।' उनले थपे, 'यो ठिक जस्तो देखिएको छ । आज (शुक्रबार) मैले नेटमा ब्याटिङ पनि गरें तर थोरै समस्या आयो, मुख्यतय मेरो हेल्मेटले गर्दा । मलाई विश्वास छ की यो टाँका चाँडै निस्कने छ ।'
एल्गर दक्षिण अफ्रीकाका लागि मुख्य खेलाडी हुन् । उनले बंगलादेशविरुद्धको पहिलो टेष्ट खेलको दुई इनिङमा दुई अर्धशतक बनाएका थिए ।