काठमाडौं । प्रदेश नम्बर १ कै पहिलो फ्रेन्चाईज क्रिकेट प्रतियोगिता डिजिटल गडी प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ ।
सार्वजनिक खेल तालिका अनुसार बिहीबार हुने पहिलो खेलमा पहिलो खेलमा गडी राइडर्स र छिटाहा टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ।
डिजिटल गडी निर्माण अभियानको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा हुने प्रतियोगितामा ५ टिमको सहभागिता हुनेछ ।
प्रतियोगितामा छपकी सुपर किङ्गस, छिटाहा टाइगर्स, गढी राईडर्स, भमरी वारियर्स र मधेली च्यालेन्जर्स गरी ५ टोलिले प्रतिस्पर्धा गर्नेछन् ।
पाँच टिमले अक्सन मार्फतबाट खेलाडी अनुबन्ध गरिसकेका छन् ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।