काठमाडौं । धनगढी सुपरलिग (डीसीएल) बैशाख दोस्रो सातादेखि हुने भएको छ ।
लिटिल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रा.लि. को आयोजनामा डीसीएल बैशाख दोस्रो साताबाट धनगढीमा हुने भएको हो ।
धनगढीलाई क्रिकेटमे बनाइराख्न र खेलाडीको प्रतिभा पहिचान तथा खेलाडीलाई हौशला बढाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले बताएको छ ।
प्रतियोगितामा नेपालभरका उमेर समूहका चर्चित क्रिकेट खेलाडी र सिनियर खेलाडीहरुको सहभागिता समेत रहने आयोजकले बताएको छ ।
कैलाली जिल्ला क्रिकेट संघ तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको समन्वय र नेपाल क्रिकेट संघ (क्यान)को अनुमतिमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिताको पुरस्कार राशी केहिदिनमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिने आयोजकले बताएको छ ।