काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ ।
पुनेमा हुने खेलमा कोलकत्ता नाइट राइडरर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
कोलकत्ता आज तेस्रो जितको खोजीमा हुनेछ । कोलकत्ता मुम्बईलाई हराएर शीर्ष स्थानमा समेत उक्लन चाहन्छ ।
कोलकत्ता ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मुम्बईलाई हराएमा कोलकत्ता शीर्ष स्थानमा पुग्नेछ ।
यता, मुम्बई पहिलो जितको खोजीमा हुनेछ । मुम्बईले दुई खेलमा अंक जोड्न सकेको छैन ।
मुम्बईले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो । मुम्बई आठौं स्थानमा रहेको छ ।