काठमाडौं । पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियाले एक खेलको टी-ट्वान्टीमा घरेलु टोलीलाई हराएको छ ।
मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ३ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्चले ५५ रनको अर्धशतकीय इनिङ खेले । टार्भिस हेडले २६ रन जोड्दा जोश इंग्लिसले २४ रन बनाए ।
मार्कुस स्टोनिसले २३ तथा बेन म्याकडेरमोटले अविजित २२ रन बनाए ।
पाकिस्तानका शाहिन शाह अफ्रिदी,उस्मान क्वादिर र मोहमद वासिमले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन जोडेको थियो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले ६६ रनको अर्धशतकीय इनिङ खेले ।
खुस्दिल शाहले २४ रन जोड्दा मोहमद रिजवानले २३ रन बनाए ।
अष्ट्रेलियाका नाथन एलिसले ४ तथा क्यामरुन ग्रीनले २ विकेट लिए ।