काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।
वान्खडे स्टेडियममा मंगलबार राति राजस्थान रोयल्सलाई ४ रनले हराउँदै बैंगलोरले दोस्रो जित निकालेको हो ।
राजस्थानले दिएको १ सय ७० रनको लक्ष्य बैंगलोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए । यस्तै दिनेश कार्तिकले अविजित ४४ रन जोडे ।
कप्तान फाप डु प्लेसिसले २९ तथा अनुज रावतले २६ रन बनाए ।
राजस्थानका ट्रेण्ड बोल्ट र युजभेन्द्र चाहलले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
राजस्थानका लागि जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले ।
शिम्रन हिटमायरले अविजित ४२ रन जोड्दा देबदुत पडिकलले ३७ रन बनाए ।
बैंगलोरका डेभिड विलि,वानिन्दु हसरंगा डा सिल्भा र हर्सल पटेलले १/१ विकेट लिए ।
जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ ।
बैंगलोर छैटौं स्थानमा रहेको छ ।
राजस्थान ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।