काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मंगलबार एक खेल हुँदैछ । मुम्बईस्थित वानखेडे स्टेडियममा शीर्षस्थानको राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग भिड्ने छ ।
खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुनेछ । मैदान उत्रँदा राजस्थान लगातार तेस्रो जितको खोजीमा हुनेछ । लिगमा बैंगलोर दोस्रो जितको खोजीमा छ ।
यसअघि २ खेलमा २ जित निकालेको राजस्थान ४ अंकका साथ लिगको शीर्षस्थानमा छ । बैंगलोर २ खेलमा १ जित र १ हार व्यहोर्दै तालिकामा २ अंकका साथ सातौँ स्थानमा छ ।
यसअघि बैंगलोर आफ्नो पहिलो खेलमा पन्जाब किङ्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा कलकत्ता नाइट राइडर्सलाई हराएर अंक जोड्न सफल भएको थियो ।
राजस्थानले आफ्नो पहिले खेलमा सनराइजर्स हैदरावाद र मुम्बई इन्डियनसलाई पराजित गर्दै शीर्षस्थानमा पुगेको थियो ।