काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् ।
सोमबार त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेको राष्ट्रिय क्रिकेट टिमलाई मन्त्री अथकले बधाई दिएका हुन् ।
नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो ।
नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई दिएका छन् ।
“त्रिदेशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हासिल गरेको छ । नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।।” उनले लेखेका छन् ।
मलेसिया, पीएनजी सम्मिलित सिरिजमा नेपाल अपराजित रहदै उपाधि जितेको हो ।