काठमाडौं । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज मंगलबार हुँदैछ ।
लण्डनमा आयोजना हुने ड्राफ्ट नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।
‘द हन्ड्रेड’ को ड्राफ्टमा नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने रहेका छन् । ड्राफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन् ।
द हन्ड्रेडले बिहीबार सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालका सन्दीपले स्थान पाएका हुन् ।
ड्राफ्टमा २ सय ८४ विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । सन्दीप द हन्ड्रेडमा करिब ८१ लाख नेपाली रुपैयामा ड्राफ्टमा परेका हुन् । १७ स्लटमा खेलाडीलाई मूल्य अनुसार छुट्याइएको छ ।
यसअघि सन्दीपले भिसाको समस्याको कारण द हन्ड्रेड गुमाउनु परेको थियो ।