काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरवादले लगातार दोस्रो हार व्यहोरेको छ ।
मुम्बईमा सोमबार राति भएको खेलमा लखनउ सुपर जायन्टसँग १२ रनले पराजित हुँदै हैदरवादले लगातार दोस्रो हार व्यहोरेको हो ।
लखनउले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।
हैदरवादका राहुल त्रिपाठीले ४४ रन जोड्दा निकोलस पुरणले ३४ रन बनाए ।
वासिङ्गटन सुन्दरले १८ रन बनाए ।
लखनउका आभेस खानले ४ तथा जासन होल्डरले ३ विकेट लिए । कुर्नाल पाण्डयाले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
लखनउका लागि कप्तान केएल राहुलले ६८ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै दिपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले ।
हैदरावादका वासिङ्गटन सुन्दर, रोमारियो शेफार्ट र टी नाटराजनले २/२ विकेट लिए ।
लखनउको यो दोस्रो जित हो । लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
२ खेलमा अंक जोड्न नसेकोको हैदरावाद पुछारमा रहेको छ ।