काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि समर्थकलाई समर्पित गरेका छन् ।
सिरिजमा अपराजित रहँदै उपाधि उचालेको नेपालका मुख्य प्रशिक्षक पुबुदुले सिरिजको उपाधि नेपाली समर्थकलाई समर्पित गरेको बताएका हुन् ।
'नेपालमा मरिहत्य गर्ने समर्थकको सामु उपाधि जित्नु जहिल्यै राम्रो अनुभव हुन्छ । समर्थकहरु जहिल्यै हामीसँगै रहेका छन् । यो सिङ्गो ट्रफी उनै समर्थकहरुलाई समर्पित छ ।' फाइनल जितेपछि पुबुदुले भने, 'मलाई थाहा छ की नेपाल क्रिकेट खराब समयबाट गुज्रिएको थियो, ओमानमा हामी तल परेका थियौं र विश्वकपको नजिक हुँदा समेत छनोट हुन सकेनौं । तर त्यसको मेहनतले अहिले हामी यहाँ छौं र हाम्रो समर्थकको अगाडि उपाधि हाम्रो हातमा छ ।'
पपुवा न्युगिनी (पीएनजी) लाई सिरिजको फाइनलमा ५० रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो ।
सिरिजको लिग खेलमा समेत नेपालले पीएनजी र मलेसियालाई समान दुई पटक पराजित गर्दै फाइनल पुगेको थियो।
टी-ट्वान्टी सिरिजअघि नेपालले घरेलु भूमिमा पीएनजीसँग एकदिवसीय सिरिजमा भोएको क्लिन स्विपको बदला समेत पुरा गरेको छ ।