काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले नेदरल्यान्ड्सविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको छ ।
ह्यामिल्टनमा सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेदरल्यान्ड्सलाई १ सय १५ रनले हराउँदै न्युजिल्याण्डले सिरिज ३-० ले जितेको हो ।
न्युजिल्याण्डले दिएको ३ सय ३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय १८ रन मात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सका स्टेफान मेब्रुघले ६४ रन बनाए । लोगान भान विकले ३२ तथा भिक्रमजित सिंहले २५ रन बनाए ।
न्युजिल्याण्डका म्याट हेनरीले ४ तथा बर्सवेलले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३३ रन बनाएको थियो ।
न्युजिल्याण्डका विल योङले १ सय २० रनको शतकीय इनिङ खेले ।
यस्तै मार्टिन गुप्टिलले १ सय ६ रनको शतकीय इनिङ खेले ।
नेदरल्यान्ड्सका फ्रेड क्लासेन, भान विक, फ्लोयड र आर्यन दुतले २/२ विकेट लिए ।
यस जितसँगै न्युजिल्याण्डले पूर्व कप्तान रोस टेलरको सुखद बिदाइ गरेको छ ।
न्युजिल्याण्डका लागि अन्तिम खेलमा टेलरले १४ रन बनाए ।
उनलाई खेलाडीले गार्ड अफ अनर दिएका थिए ।
न्युजिल्याण्ड क्रिकेटका सर्वाधिक सफल ब्याट्सम्यान टेलरले यस अघि नै सन्यास घोषणा गरिसकेका थिए ।