काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपालले दिएको १ सय ६९ रनको लक्ष्यसहित पपुवा न्यूगिनी (पीएनजी) ले जवाफी ब्याटिङ गरिरहेको छ ।
पीएनजीविरुद्ध बलिङ गरिरहेको नेपालले उत्कृष्ट सुरुआत गरेको छ । नेपालले पीएनजीको महत्वपूर्ण तीन विकेट हात पारेको छ ।
५ ओभरको खेल सकिदा पीएनजीले ३ विकेट गुमाएर २९ रन जोडेको छ ।
नेपालका दिपेन्द्र सिंह ऐरीले चौंथो ओभरमा पीएनजीको लगातार २ विकेट लिएका थिए ।