काठमाडौं । न्यु होराइजन तेक्वान्दो डोजाङको आयोजनामा बालकुमार उप्रेती स्मृति तेश्रो चितवन जिल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा चितवनसहित धादिङ, मकवानपुर र काठमाडौंका गरी ३ सय ४० खेलाडीको सहभागिता रहने आयोजक डोजाङ प्रमुख एवं प्रतियोगिता संयोजक अभिषेक गौतमले जनाएका छन् ।
पुरुष÷महिलामा गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु चितवनको खैरहनी नगरपालिका, वडा ३ स्थित गवै माविमा हुने छ ।