नवराज चौलागाईं
निजगढ । नेपाल तेक्वान्दो संघ मधेशको अध्यक्षमा पेमासिद्धि लामा चयन भएका छन् ।
नेपाल तेक्वान्दो संघ मधेश प्रदेश कार्यसमितिको सोमबार निजगढमा सम्पन्न प्रथम प्रदेश अधिवेशनले लामालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।
नेपाल तेक्वान्दो संघ मधेश प्रदेशको नवगठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण वहादुर भण्डारी,सुरेश लामा,महासचिवमा राजकुमार लामा,कोषाध्यक्षमा नारायण प्रसाद शर्मा र सचिवमा समशेर थापा निर्वाचित भए ।
अधिवेशनको निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खनालले तेक्वान्दो खेलबाट नेपालले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताउनुहुदै तेक्वान्दोको संरक्षणमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले तेक्वान्दो लगायत अन्य खेलकुदको बिकासमा स्थानीय सरकारले विशेष कार्य योजना संचालन गर्नु पर्ने जनाए ।
अधिवेशनमा मधेशका आठ वटै जिल्ला बारा,पर्सा,रौतहट,सर्लाही,महोत्तरी,धनुषा,सिरहा र सप्तरीबाट प्रतिनिधिहरु सहभागी भएका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक हाँसिल गर्न सफल मधेशका खेलाडीहरुलाई सम्मान गरिएको थियो ।